काठमाडौं । संसदमा शहीद मार्गलाई कालोपत्रे गर्न माग गरिएकाे छ ।
नेकपा एमालेकी सांसद ईश्वरी घर्तीमगरले दाङको घोराहीदेखि रुकुमको मैकोटसम्म जोड्ने शहीद मार्गको कालोपत्रे गर्न माग गर्नुभएकाे हाे ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले यस्ताे माग गर्नु भएकाे हाे । उहाँले भन्नुभयाे,’४० वर्षअघि सुरु भएको शहीद मार्गकाे सडकको कालोपत्रे हुन नसक्दा दु:ख लाग्छ।’
तत्कालीन नेकपा माओवादीले जनश्रमदान गराएर तत्कालीन नेकपा माओवादी युद्धमा हुँदा केही भाग खनिएको थियो । त्यसपछि यसलाई शहीद मार्ग समेत भनेर चिनिन थालेको छ ।
रोल्पाभर अहिलेसम्म जम्मा ६० किलोमिटर सडक मात्रै कालोपत्रे भएको भन्दै उनले रोल्पालीले कहिले सहज सडकमा यात्रा गर्न पाउँछन भनेर प्रश्न समेत गर्नुभयाे।









प्रतिक्रिया दिनुहोस्