१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


नेफ्टा अवार्ड सम्पन्न गर्न फेम नेपाल र ग्लोबल टुरिजम प्रमोसन काउन्सिलबीच सम्झौता


117
Shares

काठमाडौं । आगामी मे महिनामा अमेरिकामा हुने नेफ्टा फिल्म अवार्ड सम्पन्न गर्नका लागि फेम नेपाल प्रालि र ग्लोबल टुरिजम प्रमोसन काउन्सिलविच सम्झौता भएको छ ।

काठमाडौंमा आोजित एक कार्यक्रमकाबीच दुबै संस्थावीच संझौता भएको हो । नेफ्टा अवार्ड आगामी जेठ १३ गते (२७ मे २०२३) अमेरिकाको टेक्सासमा हुँदैछ । सम्झौता अनुसार ग्लोवल टुरिजम प्रमोसन काउन्सिलले नेपालको पर्यटन प्रवर्द्धन गर्ने गरी मुख्य उदेश्यले नेफ्टा इभेन्टलाई सपोर्ट गर्ने गरी विभिन्न सहायक इभेन्टहरुको आयोजना गर्ने छ । त्यसको सेल्स प्रवर्द्धन तथा सम्वन्धनका लागि नेपाल सरकार, प्रदेश सरकार, तथा माताहतका निकायहरु र सोसँग जोडिएका विभिन्न निकायहरु नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका लगायत सबैसँग नेपालको पर्यटन प्रवर्द्धन गर्ने काममा सहयोग लिने र कार्यक्रमलाई भब्य बनाउने कुरामा दुवै पक्षको जोड रहेको छ ।

सम्झौता अनुसार दुवै पक्षले “क्लिन माउन्टेन इनिसियटिभ्स” कार्यक्रमलाई अभियानकोरुपमा प्रस्तुत गर्ने ग्लोबल टुरिजम प्रमोसन काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाले जानकारी दिनुभयो ।