२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


ब्राजिलमा खेलाडी चढेको बस दुर्घटना

'४ को मृत्यु, २९ घाइते'

364
Shares

एजेन्सी । ब्राजिलमा फुटबल टोली सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

इस्पोर्ट क्लबका किशोर खेलाडीहरू उपाधि जितेर फर्किरहेको अवस्थामा गाडी दुर्घटनामा परेको हो ।

उनीहरु ब्राजिलको उवापोरङामा एक प्रतियोगिता खेलेर फर्किरहेका थिए । पुलमा पुग्दा ड्राइभरले नियन्त्रण गुमाउँदा बस ३२ फिट तल खसेको थियो ।

मृत्यु हुनेहरूको उमेर १४ देखि १७ वर्ष रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।