Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


बीमा संस्थान र बीमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण गर्न सरकारकाे निर्देशन


169
Shares

काठमाडाैं । अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयमा आज बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै २०८० साल वैशाख १६ भित्रमा लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ देखि लेखा परीक्षण हुन बाँकी छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिनुभएको छ ।

बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा रामप्रसाद घिमिरे, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराललगायतको उपस्थिति रहेको थियो ।