Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


रविले राहदानी विभाग पुगेर बुझाए पासपोर्ट


2.4k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छानविनमा परेको नेपाली पासपोर्ट राहदानी विभागमा बुझाउनु भएकाे छ।

आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर रविले उक्त पासपोर्ट बुझाउनु भएकाे हाे।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए लगत्तै उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गर्नुभएकाे हाे ।

लामिछानेले ५ मार्च २०१४ मा अमेरिकी नागरिकका रुपमा पासपोर्ट बनाई नेपाल आएपछि अमेरिकी पासपोर्ट र नागरिकता त्याग नगरी २७ मे २०१५ मा नेपालबाटै अर्को नागरिकता बनाएका थिए ।