१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


प्रमोसनल टुरमा दर्शक रिझाउँदै ‘फूलबारी’


26
Shares

काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित मल्टीस्टारर चलचित्र ‘फूलबारी’ले देशका ७ प्रमुख शहरमा प्रमोसन अभियान सुरु गरेको छ ।

आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको टिमले गत शुक्रबारदेखि बुटवलबाट सुरु गरेको मोफसल प्रचार अभियान माघ २१ गतेसम्म चल्नेछ । चलचित्रले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम सुरु गरेको छ ।

प्रमोसनल टुरमा चलचित्रको टिम पोखरा, चितवन, इटहरी र बिर्तामोडसम्म पुग्ने भएको छ । उक्त टिममा प्रियंका कार्की, विपिन कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बासकोटालगायत सहभागी छन्

गत शुक्रबार बुटवल पुगेको चलचित्रको टिम आइतबार पोखरा, मंगलबार चितवन, बिहीबार इटहरी र शुक्रबार बिर्तामोडमा पुगेर दर्शक रिझाउँने कार्यक्रम गर्ने छ ।

चलचित्रमा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय छ ।

यशोदा फिल्म्सको ब्यानरबाट निर्माण भएको चलचित्रमा मनिष ढकाल निर्माता छन् भने मणिराम पोखरेल कार्यकारी निर्माता रहेका छन् । जोश हेरुमले छायांकन गरेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । चलचित्रमा अभिभावक र सन्तानबीचको सम्बन्धलाई देखाइएको छ ।