Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


आधा दर्जन उद्योगविरूद्ध मुद्दा


208
Shares

विराटनगर । न्यून गुणस्तरका वस्तु उत्पादन गर्दे बजार पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने मोरङका आधा दर्जन उद्योगविरूद्ध मुद्दा दायर गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यून गुणस्तरका वस्तु उत्पादन गर्दै बजार पठाउने ६ वटा उद्योगविरूद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

खाद्य प्रविधिले विराटनगर-१९ स्थित शिखर अर्गनाइजेशन लिमिटेडबाट उत्पादन हुने मकै न्यून गुणस्तरको पुष्टि भएपछि ५० हजार रूपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गर्दै मोरङ अदालतमा मुद्दा दायर गरेको जनाइएको छ ।

यस्तै, चौपायको आहार उत्पादन गर्ने मोरङको बूढीगंगा गाउँपालिका-२ टंकीस्थित नेपाल बलहोप एग्री टेक प्रालिले दूषित दाना पदार्थ उत्पादन गरी बिक्री वितरण गरेको पाइएपछि ५० हजार रुपैयाँसम्म जरिवाना वा १ महिनादेखि १ वर्षसम्मको कैद सजायको माग दाबी लिएर जिल्ला प्रशासन कार्यालय माेरङमा मुद्दा दायर गरिएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।