Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


विदेशको नागरिकता त्यागेपछि नेपालको कसरी लिने ?


546
Shares

काठमाडौं । रवि लामिछानेले विदेशको नागरिकता त्यागेको निस्सासहितको जानकारी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा नदिएका कारण सांसद, उपप्रधान एवं गृहमन्त्री र पार्टी सभापति पद गुमाउनुपरेको छ ।

नागरिकता ऐन २०६३ को व्यवस्थाअनुसार विदेशी नागरिकता त्यागेपछि नयाँ नेपाली नागरिकताका लागि प्रक्रियामा नगएकै कारण उनका सबै पद एकैपटक गुमेका हुन् ।

सर्वोच्च अदालतले लामिछानेले अमेरिकाको नागरिकता त्यागेको तर प्रक्रियाअनुसार नयाँ नेपाली नागरिकता नलिएका कारण उनको प्रतिनिधिसभा सदस्य पद बदर गरिदिएको हो।

कानुनअनुसार लामिछानेले प्रक्रियामा जानासाथ नयाँ नागरिकता सजिलै प्राप्त गर्न सक्छन्।नागरिकता ऐनको दफा ११ मा पुनः नेपाली नागरिकता कायम हुने व्यवस्था गरिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।