Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


काठमाडौंका सडक खाल्टाखुल्टी ६५ प्रतिशत मर्मत


156
Shares

काठमाडौं । पछिल्लो दुई सातामा काठमाडौंका सडकमा रहेका खाल्टाखुल्टी ६५ प्रतिशत मर्मत भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार सडकसँग सम्बन्धित आठ निकायको संयुक्त बैठकमा सो जानकारी गराइएको हो ।

बैठकमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका सडकसम्बन्धी निकायहरूले एकीकृत स्वरूपमा समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कुनै पनि ठाउँमा समस्या देखिँदा सम्बन्धित निकायले नागरिकप्रतिको आआफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने बताउँदै उहाँले एकले अर्काेलाई दोष दिएरभन्दा जनताले राम्रो सेवा पाउने गरी काम गर्न नै यस प्रकारको बैठकको आयोजना गरिएको बताउनुभयो । विकास निर्माणका काम गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।