Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


आधा घण्टाको दूरीमा झोलुङ्गे पुल


169
Shares

काठमाडौं । पैदल हिँडेर प्रत्येक आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई सरकारले अभियानकै रूपमा अगाडि बढाएको छ । अहिले दुर्गम पहाडी जिल्लामा न्यूनतम तीनदेखि चार घण्टा पैदल हिँडेपछि मात्र एउटा झोलुङ्गे पुलदेखि अर्को झोलुङ्गे पुल पुग्न सकिने अवस्था छ ।

दुर्गम पहाडी क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज गर्ने उद्देश्यले आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्न लागिएकोे स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका आयोजना प्रमुख भरतप्रसाद अर्यालले अहिले आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्नका लागि दैनिक औसत रूपमा सरकारले दुईवटाका दरले झोलुङ्गे पुल निर्माण गरिरहेको बताउनुभयो ।

१५ औं पञ्चवर्षे योजनामा पनि कम्तीमा पैदल हिँडेर आधा घण्टाको दूरीमा झोलुङ्गे पुल बनाउनुपर्ने उल्लेख गरिएको छ । सोही लक्ष्यअनुसार सरकारले पहाडी जिल्लामा नदी र खोल्साखोल्सी तर्र्नका लागि आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण भइरहेका हुन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।