Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


राजस्व नउठ्नुमा अवैध व्यापार जिम्मेवार


78
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा राजस्व लक्ष्य पुरा नहुनुमा सरकारको नीतिलाई दोष दिएर भन्सार प्रशासन उम्कन नपाउने बताएका छन् ।

७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पौडेलले सरकारले लगाएको आयात प्रतिबन्ध वा बजार मागमा कमी आएको कारण देखाएर जिम्मेवारीबाट राजस्व प्रशासन पन्छिन नमिल्ने बताएका हुन् ।

‘कतिपय वस्तुमा आयात प्रतिबन्ध भयो भनेर भन्सारमा कमी आएको भनिन्छ र बजारमा डिमान्डमा कमी आउँदा पनि भन्सार राजस्वमा असर पर्‍यो भन्ने गरेको मैले सुनेको छु,’ पौडलले भने ‘तर, यो तर्कले हामी आफ्नो अभिभारा पूरा गर्ने जिम्मेवारीबाट उम्किन सक्दैनौं ।’

अर्थमन्त्रीका अनुसार राजस्व परिचालनमा गत वर्षभन्दा पनि १६ प्रतिशतले न्यूनता हुनुमा यस्ता कुनै तर्कले ढाकछोप गर्न सक्ने सक्ने अवस्था छैन ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।