Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


प्रदेश-१ को नामकरण छिट्टै टुंगोमा


78
Shares

काठमाडौं । मुलुकमा संघीय प्रणालीअनुसारको शासन व्यवस्था कार्यान्वायनमा आएको पाँच वर्ष बितिसक्दा समेत नामकरण हुन नसकेको प्रदेशनम्बर–१ को नाम चाँडै टुंगो लाग्ने बताइएको छ ।

प्रदेशको नामकरणको विषयमा सार्वजनिक कार्यक्रमहरूमा भाषण गरिए पनि प्रदेश सरकारले यो विषयलाई अझसम्म सदनमा लगेको छैन ।

यद्यपि, प्रदेश–१ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको नामकरणलाई वर्तमान सरकारले महत्वपूर्ण एजेन्डा बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘यो सरकार सुरूकै चरणमा छ, अब हामी प्रदेश नामकरणको विषयमा व्यापक छलफल गरेर चाँडै एउटा निचोडमा पुग्छौं ।’

यसपटक प्रदेशको नामकरण गरेरै छाड्ने दाबी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले भन्नुभयो– ‘गएको पाँच वर्षमा तीन वटा सरकार फेरिए । तर, प्रदेशको नामकरण गर्न सकेनन् । यो सरकारले पनि कहीँ कतै भाषणमा प्रदेश नामकरणको कुरा उठान गरे पनि अहिलेसम्म प्रदेश नामकरणको विषयमा एजेन्डा टेबुल गरेको छैन । तर, यो कार्यकालमा हामीले नाम राख्न सक्छौं सक्नुपर्छ ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।