१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले आज संसदलाई जानकारी गराउने


0
Shares

काठमाडौं, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज संसदलाई जानकारी दिने भएका छन् ।

अपराह्न २ बजे बस्ने राष्ट्रियसभा र ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे जानकारी दिन लागेका हुन् ।

प्रधानमन्त्री ओली ६ दिने औपचारिक भ्रमणका लागि भोलि चीन जाँदै छन् ।

उनले चीन भ्रमणका एजेन्डा र नेपालको तयारीबारे सदनलाई जानकारी गराउन लागेका हुन् ।

चीनसँग उर्जा, कृषि, रेलवेलगायतका क्षेत्रमा सम्झौता गर्ने तयारी नेपालले गरेको छ ।