२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा वार्षिक १०.३० प्रतिशत ब्याजदरको ऋणपत्र जारी


156
Shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरिसकेको छ । यो ऋणपत्रको प्रति इकाई मूल्य एक हजार रहने छ र ऋण पत्रको अवधि ५ वर्ष हुने छ । यस सम्बन्धी सम्पूर्ण कार्य एनआइबिएल एस क्यापिटलले गर्ने गरी सम्झौता भएको छ ।

निष्कासन हुने कूल रकममध्ये एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता ऋणपत्र निजी तवरमा र ९ करोड ६० लाख रुपैयाँ बराबरको ९ लाख ६० हजार कित्ता बराबरको ऋणपत्र सर्वसाधारण लगायत म्युच्युअल फण्डहरुको लागि शेयर आव्हान पत्र जारी गरेर बाँडफाँड गरिने बैंकले जनाएको छ ।