सरकारले दियाे कर नतिर्ने क्रसर उद्योगलाई असारसम्मको समय « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


सरकारले दियाे कर नतिर्ने क्रसर उद्योगलाई असारसम्मको समय


286
Shares

काठमाडौं । सरकारले देशभरका अवैध क्रसर उद्योगलाई दर्ता, नवीकरण र कर तिरेर वैधानिक हुन आगामी असार मसान्तसम्मको समय दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीले भन्नुभयाे, क्रसर उद्योग सञ्चालनमा नआए विकास निर्माणमा प्रभाव पर्छ, अवैध क्रसर उद्योगलाई बन्द गर्ने तर दर्ता भएर पनि कर तिरेका छैनन् भने सर्तसहित सञ्चाचालन गर्न दिइने निर्णय भएकाे हाे।’

अहिले दर्ता नभइ सञ्चालित देशभरका क्रसर उद्योग गृहमन्त्रालयको निर्देशनमा बन्द भएका छन् । गृह मन्त्रालयले पुस तेस्रो साता देशभर सञ्चालनमा रहेका अवैध क्रसर बन्द गराउन सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो ।