कर्णाली सरकारले पनि पायो पूर्णता, काे–काे बने मन्त्री ? « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


कर्णाली सरकारले पनि पायो पूर्णता, काे–काे बने मन्त्री ?


117
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले पनि पूर्णता पाएको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे राजकुमार शर्माले बुधबार मन्त्रिपरिषद विस्तार गरी सरकारलाई पूर्णता दिनु भएकाे हाे ।

कर्णाली प्रदेशसभा सचिवालयका अनुसार ७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना मन्त्री भएका छन् ।

माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बन्नु भएकाे छ ।

त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बन्नु भएकाे छ ।

त्यस्तै आजै बागमती प्रदेश सरकारले पनि मन्त्रिपरिषद्लाई पूर्णता दिएकाे हाे ।