मधेश प्रदेशका दुई सांसदले आज लिए शपथ « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


मधेश प्रदेशका दुई सांसदले आज लिए शपथ


65
Shares

काठमाडौं । मधेश प्रदेशका दुई सांसदले बुधबार शपथ लिएका छन् ।

मधेश प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यद्वय रजि हैदर र रुवी कर्णले पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

सभामुख रामचन्द्र मण्डलले दुवै सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो ।

प्रदेशसभा सदस्य कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिनु भएको हो ।

सर्वोच्च अदालतमा दुवै जनाविरुद्ध मुद्दा परेपछि उनीहरूको शपथ रोकिएको थियो । सर्वोच्चको आदेश आएपछि बुधबार दुवै सांसदले शपथ लिएका हुन् ।