
नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकाले प्रहरीले नियन्त्रणमा लिएको नदीजन्य पदार्थ छुटाउन दवाव दिने गरेको छ ।
स्थानीय खोलाहरुबाट अवैध रुपमा निकालिएको ढुंगा र बालुवा लगायतका वस्तुहरु नगरपालिकाले छुटाउन दवाव दिएपछि चोरी निकासी झन बढ्दै गएको हाे । नगरपालिकाले पत्र नै पठाएर त्यस्ता सामग्री छाड्न प्रहरीलाई दवाव दिने गरेको हो ।
दवाव थेग्न नसकेपछि प्रहरीले नियन्त्रणमा लिइएका सामग्री वन कार्यालय पठाउन थालेको छ । गत साउनदेखि हालसम्म सुनवल प्रहरी कार्यालयले अवैध ओसारपसार गर्ने २५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्