राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै


78
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि बुधबार मनोनयन दर्ता गरिने भएको छ ।

माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि बुधबार मनोनयन दर्ता गरिन लागेको हो ।

नेकपा (एमाले) बाट राष्ट्रिय सभा सदस्य बन्नु भएका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न राष्ट्रिय सभाबाट राजीनामा दिनु भएपछि उहाँको पद खाली थियो । भट्टराईको पद रिक्त भएपछि उपनिर्वाचनमार्फत राष्ट्रिय सभा सदस्य चयन गर्न लागिएको हो ।

उक्त पदमा सत्तारूढ दलबाट रोल्पा निवासी एमालेका कुमार दसौदीले मनोनयन दर्ता गर्दै हुनुहुन्छ । नेपाली कांग्रेसले भने उम्मेदवारको टुङ्गो लगाउँदैछ ।

बिहीबार उम्मेदवारबारे उजुरी दिने, शुक्रबार र शनिबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष गरी तीन सय पाँच मतदाता छन् ।