न्युकासलले साउथह्याम्पटनलाई हरायो « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


न्युकासलले साउथह्याम्पटनलाई हरायो


65
Shares

काठमाडौं । काराबाओ कप फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा न्युकासल युनाइटेडले साउथह्याम्पटनलाई हराएको छ ।

मंगलबार राति भएको खेलमा न्युकासलले साउथह्याम्पटनलाई १–० ले हराएको हो ।

साउथह्याम्पटनको मैदानमा भएको खेलमा न्युकासलका लागि जोएलिन्टनले ७३ औं मिनेटमा निर्णायक गोल गरे ।

आफ्नै मैदानमा भएको पहिलो लेगमा पराजित भएपछि दोस्रो लेगको खेल पूर्व साउथह्याम्पटन दबाबमा परेको छ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बुधबार राति नटिङ्घम फरेष्ट र म्यान्चेस्टर युनाइटेड भिड्नेछन् । पहिलो लेगको खेल नटिङ्घमको मैदानमा हुनेछ ।