
काठमाडौं । तेस्रो टाईगर कप भलिबलमा पाहुना टोली श्रीलंकाको सेन्ट जोशेफ वाच स्पोर्टस क्लबले लगातार दोस्रो हार ब्यहोरेको छ ।
तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब भलिबल च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको मंगलबार भएको पहिलो खेलमा सेन्ट जोशेफ विभागीय क्लब नेपाल पुलिससँग पराजित भएको हो ।
पुलिस क्लबले जितसँगै पुनरागमन गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा पुलिसले पाहुना टोली जोशेफ वाचलाई ३–२ को सेटमा पराजित गरेको हो । यसअघि पुलिस आफ्नो पहिलो खेलमा आयोजक टोली गणडकीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
यस्तै, सेन्ट जोशेफ आफ्नो पहिलो खेलमा विभागीय क्लब त्रिभुवन आर्मीसँग ३–०को सोझो सेटमा पराजित भएको थियो । महिला–पुरुष दुवैतर्फ च्याम्पियन टोलीले समान ५ लाख र उपविजेता टिमले अढाई–अढाई लाख पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्