विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउने काम सरकारले गर्छ : शिक्षामन्त्री खनाल « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउने काम सरकारले गर्छ : शिक्षामन्त्री खनाल


52
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताउनुभएको छ ।

मंगलबारको राष्ट्रिय सभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै शिक्षामन्त्री खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षाको छाता ऐन ल्याउन सरकारले तदारुकताका साथ काम गर्ने बताउनुभएको हो ।

उहाँले आफू सो ऐन ल्याउने कुरा प्रति अत्यन्तै सचेत रहेको स्पष्ट पार्नुभयो । उहाँले सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि दुवै कुरालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै छिटोभन्दा छिटो ति ऐनहरुलाई सांसदहरुको हातसम्म पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपाल विश्वविद्यालयको आवश्यकता अध्ययनका लागि विदेशिनुपर्ने बाध्यतालाई रोक्नका लागि भएको बताउनुभयो । विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षाको अवसर हुँदा नेपालको आर्थिक विकास हुने र अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिने उहाँले बताउनुभयो ।