३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गरियोस् : सांसद बिसी


65
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले घुस रकमसहित पक्राउ परेका त्रिभुवन विमानस्थलका कर्मचारीलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्नुभयो ।

मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले घुस रकमसहित पक्राउ परेका त्रिभुवन विमानस्थलका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो – ‘त्रिभुवन विमानस्थलमा भर्खरै कर्मचारीले आठ लाख र केही रक्सीका बोतलहरुसहित पक्राउ परेको कुराहरु समाचारमा आइराखेको छ । यस्ता भ्रष्टाचारीहरुलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्न चाहन्छु ।’