सरकारले राम्रोसँग एसएमइ क्षेत्रको विकास गर्न आवश्यक छः वरिष्ठ उपाध्यक्ष ढकाल « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


सरकारले राम्रोसँग एसएमइ क्षेत्रको विकास गर्न आवश्यक छः वरिष्ठ उपाध्यक्ष ढकाल


78
Shares

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्नसके नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभएको छ ।

सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि एसएमइ क्षेत्रको विकास राम्रोसँग हुन नसकेको गुनासो गर्नुभयो । उहाँले निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने नभइ आफ्नो तर्फबाट पनि आवश्यक पहल गर्न जरुरी रहेको बताउनु भयो । उहाँले वर्तमान सरकार आएपछि बजारमा सकारात्मक रुपमा तरलताको समस्या समाधान हुँदै गइरहेको बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले वर्तमान सरकारले निजी क्षेत्रको समस्या समाधानका लागि आवश्यक काम अघि बढाउने कुरामा आफूहरु विश्वस्त रहेको बताउनु भयो ।