 
	    एजेन्सी । जापानको एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा ४ जना मानिसको मृत्यु भएको छ ।
जापानको पश्चिमी शहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै आगलागी हुँदा अधिकांश मानिस मस्त निद्रामा थिए। आगलागीमा ४ जना मानिसहरू जलेर घाइते भएका छन्। ३ तले अपार्टमेन्टको पहिलो तलामा लागेको आगो सल्केर ३ तलामै फैलिएको थियो ।
अग्निनियन्त्रकले सोही आगलागी भएको स्थानबाट ४ जनाको शव निकालेको र अरु ४ जनालाई अस्पताल पुर्याएको जनाइएकाे छ। उनीहरु अचेत अवस्थामा रहेकाे र उपचार जारी रहेको बताइएको छ । आगलागीको कारणकाे बारेमा अनुसन्धान जारी रहेकाे छ ।
आगलागीले अपार्टमेन्ट पूर्ण रूपमा क्षति ग्रस्त भएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्