Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


दुई युवालाई अपहरण गरेर हत्या गर्ने पाँच पक्राउ


351
Shares

काठमाडौं । जनकपुरबाट भारतमा रहेको मामाघर गएका दुई युवालाई अपहरण गरेर हत्या गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालमा २ र भारतीय प्रहरीले ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा महोत्तरी मनरा सिसवा नगरपालिका–२ घर भएका किसनकुमार पण्डित र मुकेश पासवान रहेका छन् भने भारतीय प्रहरीले पक्राउ गरेका ३ जना भारतीय नागरिक हुन् । पुस २७ गते जनकपुर उपमहानगरपालिका–८ घर भएका २० वर्षीय रोहित साह र उपमहानगर–१३ घर भएका २२ वर्षीय विष्णु साह हराएका थिए ।

पुस २९ गते भारतबाट अपहरणकारीले फोन गरेर १० लाख रुपैयाँ फिरौती मागेका थिए । अपहरणकारीले शुरूमा ५० लाखसम्म फिरौती मागेका धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । अपहरित दुई जनाको शव भेटिएको भारत बिहारको सितामढी जेला थाना पर्सागाउँबाटै उनीहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी खड्काले जानकारी दिनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।