‘पश्चिमा संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापित गरिरहेकाे छ’ « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


‘पश्चिमा संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापित गरिरहेकाे छ’


52
Shares

काठमाडाैं । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पश्चिमा संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापित गर्दै लागिरहेकाे बताउनु भएकाे छ ।

२८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजना गरिएको सोनाम ल्होसार समारोहलाई सम्बोधन गर्दै उहाँले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली हुँदा पनि पछिल्लो समय पश्चिमा संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्न लागेको जिकीर गरे ।

उहाँले एउटा संस्कृतिलाई काखा र अर्कोलाई पाखा गर्दा यस्तो अवस्था आएको बताउनु भएकाे हाे । प्रधानमन्त्री दाहालले ल्होसार पर्व तामाङ जातिको मात्रै नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व भएको बताउनुभयाे ।