३० असार २०८२, सोमबार | Tue Jul 15 2025


बैंकबाट कर्जा लिएर कर्जा तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता


143
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताउनुभएको छ ।

आज कृषि विकास बैंकको ५६ औं वार्षिक साधरणसभामा बोल्दै गभर्नर अधिकारीले बैंकबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिनु अराजकताको माथिल्लो रुप भएको बताउनुभयो ।

बैंकबाट कर्जा लिने तर कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिनु नियम संगत नभएको उहाँको भनाई छ । गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौति देखिएको उहाँको भनाई छ ।

वाणिज्य बैंकहरुको अधिकांश कर्जा सर्वसाधरणको निक्षेप भएको भन्दै उहाँले कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनियता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताउनुभयो ।

गभर्नर अधिकारीले बैंकहरुलाई अहिलको आधुनिकयुक्त उपभोक्ताको आवश्यकता पूर्ति गर्नुपर्ने चुनौति रहेको उहाँको भनाई छ । २०४५ सालमा सिमित बैंक हुँदा चेक साट्न जाँदा पासबुक पछिल्लो समय क्युआरबाट मात्रै ५१ लाख कारोबारमा १९ अर्बको कारोबार हुने गरेको भन्दै गभर्नर अधिकारीले २५ अर्बको कारोबार कनेक्टआइपीएसबाट मात्रै भइरहेको बताउनुभयो

गभर्नर अधिकारीले कृषि विकास बैंक कृषि वित्तीय क्षेत्रमा नयाँ ढङगले जानुपर्ने बताउनु भयो । उहाँले कृषि क्षेत्रमा पनि आधुनिकीकरण हुँदै गएकाले त्यही अनुसारको वित्तीय कारोबारको आवश्यकता भएको औल्याउनुभयो ।