सर्वदलीय बैठक जारी « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


सर्वदलीय बैठक जारी


520
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बाेलाउनुभएकाे सर्वदलीय बैठक अहिले जारी रहेकाे छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शनिबार बिहान ११ बजेबाट सर्वदलीय बैठक सुरू भएकाे संसद सचिवालयले जनाएकाे हाे । सभामुख प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाउनुभएकाे यो पहिलाे सर्वदलीय बैठक हो ।

उहाँ यहि माघ ५ गते प्रतिनिधि सभाबाट १सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएकाे थियाे।