Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


मालपोत र नापी कार्यालय सार्न माग


91
Shares

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले सिंजा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापना गर्न माग गरेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको पर्वपक्षीय र सर्वदलीय बैठकले तीनवटा स्थानीय तहका लागि सिंजा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेको हो।

तत्कालीन ३० वटा गाविसका लागि सदरमुकाम खलंगामा नापी र मालपोत कार्यालय राखिएको थियो। ती कार्यालय स्थानीयलाई पायक पर्ने स्थानमा नभएकाले सिंजा क्षेत्रमा कार्यालय बनाउन माग गरिएको हो। उक्त कार्यालय उकालो डाँडामा छ। बढी जग्गा ज्येष्ठ नागरिककै नाममा हुने गरेको छ। सवारी साधनको व्यवस्था पनि नभएकाले ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरूलाई जग्गा कारोबार गर्न समस्या छ।

जिल्लामा रहेका कार्यालयहरू संघीय संरचनाअनुसार स्थानीय तहमा विकेन्द्रीकरण हुनुपर्ने हो। अधिकांश सरकारी कार्यालय स्थानीय तहमा पुगे पनि मालपोत र नापी कार्यालय विकेन्द्रीकरण हुन सकेको छैन। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सिंजा क्षेत्रमा नापी र मालपोत माग गरिए पनि अर्थ मन्त्रालयका कारण काम रोकिएको सिंजा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष तीर्थ वडले बताए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।