काठमाडौं, भदौ १२ । राष्ट्रियसभाको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विषेश समयमा बोल्दै सांसद राधेश्याम अधिकारीले माओवादीका पूर्वलडाकू लेनिन विष्ट विदेश जाने बेला विमानस्थलबाट फर्काइनु मानअधिकारको हनन् भएको टिप्पणी गरे ।
यस्तै, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतको आदेशपछि पनि पटक–पटक थुनिएको घटनाका सम्बन्धमा पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
सांसद वृषेशचन्द्र लालले अपराधीलाई कानुन र प्रहरीसँग डर नभएका कारण मुलुकभर महिलामाथिका हिंसा बढ्दै गएको बताए ।
सांसद रामलखन चमारले सुस्ताबासीले भोगिरहेको समस्याकाबारेमा सरकारको ध्यानाकर्षण गराउँदै विकास निर्माणका काममा अनियमितता गर्नेलाई कारबाही गर्न माग गरे ।









प्रतिक्रिया दिनुहोस्