Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


रास्वपाकी इन्दिराले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता


221
Shares

काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनु भएकाे छ।

बिहान बसेको रास्वपा संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेलगत्तै उहाँले उम्मदेवारी दर्ता गराउनु भएकाे हाे ।

उहाँले सत्ता गठबन्धन दलको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएकाे हाे ।

उनलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।