देवराज घिमिरेले एमालेको सबै पदबाट दिए राजीनामा « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


देवराज घिमिरेले एमालेको सबै पदबाट दिए राजीनामा


520
Shares

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा निर्वाचित हुनु भएपछि देवराज घिमिरेले नेकपा (एमाले) को सबै पदबाट राजीनामा दिनुभएको छ ।

बिहीबार सभामुखमा निर्वाचित भएपछि उहाँले शुक्रबार एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट राजीनामा दिनुभएको हो ।

सभामुखको भूमिका स्वतन्त्र, निष्पक्ष रूपमा निर्वाह गर्नका लागि आफूले पार्टीबाट राजीनामा दिएको उहाँले बताउनुभयो ।

बिहीबार प्रतिनिधि सभामा सांसदहरुको मत विभाजनका आधारमा सभामुख चयनका लागि भएको मतदानमा सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका एमालेका घिमिरेले १६७ मत ल्याएर निर्वाचित हुनु भएको थियो । घिमिरेको विपक्षमा उम्मेदवारी दिनु भएकी नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई १ सय मत प्राप्त भएको थियो । प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।