काठमाडाैं । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई मत दिने भएको छ।
प्रतिनिधि सभाको सभामुखका लागि आज हुन लागेको मतदानमा राष्ट्रिय जनमोर्चाले कांग्रेसकी उम्मेदवार न्यौपानेलाई मत दिने भएको हाे ।
बिहीबार बसेकाे संसदको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले कांग्रेसकी उम्मेदवार न्यौपानेलाई मत दिने बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे, ‘छातीमा मुड्की बजारेर भए पनि कांग्रेस उम्मेदवारलाई मत दिन्छाैँ।’
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएकाे थिएन ।




प्रतिक्रिया दिनुहोस्