Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


क्रोएसिया उड्न लागेका २२ नेपाली विमानस्थलबाट पक्राउ


3.1k
Shares

काठमाडौं । फ्लाई दुबईको जहाजबाट क्रोएसिया जान लागेका २२ जना नेपाली विमानस्थलबाट पक्राउ परेका छन् ।

अवैध रुपमा युरो लिएर विदेश जान लागेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई अन्तर्राष्ट्रिय विमानतर्फको प्रस्थान क्षेत्रबाट पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

उनीहरुबाट ५१ हजार ३५० युरो बरामद भएको सुरक्षा कार्यालयले जनाएको छ । उक्त युरो पदमबहादुर विश्वकर्माले पठाएको अनुसन्धानमा खुलेपछि उनलाई पनि प्रहरीले प्रक्राउ गरेको छ ।

उनको साथमा एक लाख २० हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको कार्यालयले जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।