Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


उद्योग दर्ता घट्यो वैदेशिक लगानी आधा


104
Shares

काठमाडौं । चालू आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको समस्याका कारण उद्योग दर्ता पनि घटेको छ । गत आर्थिक वर्षमा सुरुका ६ महिनामा भएका उद्योग दर्तासँग तुलना गर्दा यो वर्ष कम देखिएको हो ।

उद्योग दर्ता घटेसँगै वैदेशिक लगानी प्रतिबद्धतामा पनि झन्डै ५० प्रतिशतले कमी आएको छ ।

उद्योग विभागका अनुसार पुससम्ममा १ सय ४५ उद्योग दर्ता भएका छन् । यी उद्योगका लागि १ खर्ब ३९ अर्ब प्रस्तावित लगानी स्वीकृत गरिएको छ ।

अघिल्लो आवको सोही अवधिमा १ सय ५५ उद्योग दर्ता भएका थिए । त्यसबेला यी उद्योगहरुले १ खर्ब ९० अर्ब लगानी गर्ने भनेका थिए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।