Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


डडेल्धुरामा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन


39
Shares

डडेल्धुरा । आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन ।

आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कमा लक्षित कर संकलन नभएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ ।

डडेल्धुरा, बैतडी, बझाङ्ग र दार्चुलाका लागि सेवा क्षेत्र रहेको आन्तरिक राजश्व कार्यालय डडेल्धुरामा गत आर्थिक वर्षको पौष मसान्त सम्ममा लक्ष्य राखिएको १४ करोड ७ लाखमा २१ करोड ३५ लाख राजश्व संकलन भए पनि चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा लक्ष्य राखिएको ३० करोड ५६ लाख मध्ये २१ करोड ८७ लाख मात्र राजस्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत तिर्थराज बरालले जानकारी दिनुभयो ।

कार्यालयमा व्यवसाय आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, घर बहाल कर तथा पूँजिगत खर्चमा साँवा बाहेकको ब्याजकर लगायतका शिर्षकमा राजस्व संकलन हुने गरेको छ ।