काठमाडौं । नेपाली समाजमा एउटा उखान प्रचलित छ, ‘सुनदेखि नुनसम्म विदेशबाट आयात हुन्छ ।’ यसले प्रस्ट पार्छ, यहाँ प्रयोग हुने अधिकांश वस्तुमा विदेशको भर पर्नुपर्ने अवस्था छ । भान्सामा पाक्ने तरकारी, खाद्यान्नदेखि औद्योगिक कच्चा पदार्थ विदेशबाट आयात हुन्छ ।
आयातित वस्तुको मूल्य डलरको सटही दरमा निर्भर रहन्छ। व्यापारीले डलरको मूल्य बढ्दा आयातित वस्तुको भाउ बढाउँछन् । तर डलरको मूल्य घट्दा भने आयातित वस्तुको मूल्य घटाउँदैनन् ।
एक अमेरिकी डलरको सटही दर १ सय ३३ रूपैयाँ १४ पैसा हुँदा खरिद लागत महँगो भएको भन्दै व्यापारीले मूल्य बढाए । गत कात्तिकमा डलरको बिक्रीदर मूल्य उच्च बिन्दुमा पुगेको थियो । तर अहिले एक डलरको सटही दर (मूल्य) करिब १ सय ३० रूपैयाँमा झरेको छ ।
डलरको मूल्य घट्दा पनि व्यापारीले कुनै वस्तुको मूल्य घटाएका छैनन् । डलरको सहटी दर बढ्दा खरिद मूल्य बढ्ने र सटहीदर कम हुँदा खरिद मूल्य घट्नुपर्ने भए पनि त्यसो हुन सकेको छैन। व्यापारीले नाफामा मात्र ध्यान दिँदा उपभोक्ता मारमा परेका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्