न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाहीको माग गर्दै सर्वोच्चमा विरोध प्रदर्शन « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाहीको माग गर्दै सर्वोच्चमा विरोध प्रदर्शन


923
Shares

काठमाडाैं । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन भएको छ ।

मंगलबार गिरीकी श्रीमती आरती गिरी रावलले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गर्नुभएको हो । न्यायाधीश गिरीकी श्रीमती रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै विरोध गर्नुभयो । गिरीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले मंगलबार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गर्नुभएको छ ।

प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरु धेरै पटक न्यायपरिषद्मा गएपनि मुदद नै दर्ता नगरेको र पीडितका कुराहरु सुनुवाई नभएको बताउनुभयो । उहाँले आफ्ना मागहरु अझै सुनुवाई नगरे विरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिनुभयो । उहाँले आफू काका शसुराबाट पटकपटक बलात्कारकारको प्रयासमा परेको तर अहिलेसम्म पनि मुद्दा पिडकलाई कारबाही हुन नसकेको बताउनुभयो ।

त्यस्तै अर्की प्रदर्शन गर्न पुगेकी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाउनुभयो । उहाँले आरोपित गिरीको कम्प्लेन नै न्याय परिषदले लिन नमानेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी गरिएकाे छ ।