हिले-छिन्ताङ सडक निर्माणको काम अघि बढ्याे « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


हिले-छिन्ताङ सडक निर्माणको काम अघि बढ्याे


91
Shares

धनकुटा । धनकुटाको हिलेदेखि शहिद भूमि गाउँपालिकको थलथलेसम्म १० किलोमिटर सडकमा निर्माणको काम अघि बढाइएकाे छ ।

साेही सडक कालोपत्रे गर्नका लागि हिले, उत्तरपानी, धर्मशाला र मार्गाखण्डमा माटोकटिङ, टेवापर्खाल, मेसिनरी वाल र नाला निर्माणको काम भइरहेकाे हाे । ट्रयाक खुुलेको २३ वर्षपछि धनकुटाको हिले–छिन्ताङ सडक स्तरोन्नतिको काम भइरहेको हो ।

प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले २९ करोड ७२ लाख रुपैयाँको लागतमा निर्माणको काम भइरहेको छ । आगामी ३ महिनाभित्र कालोपत्रेको काम सम्पन्न गर्नुपर्ने सडकमा अहिले ६० प्रतिशत काम पूरा भएको पूर्वाधार विकास कार्यालय धनकुटाले जनाएको छ ।

३ महिनाभित्र काम सम्पन्न नगरेकाे खण्डमा म्याद थप गरिने व्यवस्था गरिएकाे छ ।