गायिका नीराको निधनमा आज देशभरका दोहोरी साँझ बन्द « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


गायिका नीराको निधनमा आज देशभरका दोहोरी साँझ बन्द


2.613k
Shares

काठमाडौं । आइतबार पाेखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा लोकदाेहाेरी गायिका नीरा छन्त्यालको निधन भएकाे छ ।

छन्त्यालको निधनको शोकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको हाे । प्रतिष्ठानले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ समेत बन्द गर्ने निर्णय गरेको हो ।

छन्त्याल माघे संक्रान्ति पर्वकाे अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि काठमाडाैंबाट यति एयरलाइन्सको विमान मार्फत पाेखरा प्रस्थान गरेकी थिइन् । २२ वर्षीया गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको समेत जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

प्रतिष्ठानले सोमबार छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने समेत निर्णय गरेको छ ।