Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


राष्ट्रियसभाका समितिहरुको सभापति निर्वाचन बुधबार


0
Shares

काठमाडौं, भदौ १२ । राष्ट्रिय सभाअन्तर्गत् गठित चारओटा विषयगत समितिहरुको सभापति चुन्न बुधबार (भोलि) निर्वाचन हुने भएको छ ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम १ बमोजिमको निर्वाचनका लागि बुधबार बिहान ११ बजेको समय तोकिएको छ ।

राष्ट्रियसभाको सम्बन्धित समितिको सभापति बन्न चहने सदस्यले मंगलबार मनोनयन दर्ता गराउँदैछन् । उनीहरुको नाम मंगलबारै सार्वजनिक गरिनेछ ।

सभापति चुन्नुपर्ने समितिमा दीगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।