शान्ति समाजको सभापतिमा रामकृष्ण « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


शान्ति समाजको सभापतिमा रामकृष्ण


26
Shares

परासी । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल (काठमाण्डौं ) चयन भएका छन् । नवलपरासीको भूमहीमा पुस २९ र ३० गते सम्पन्न समाजको २५ औं राष्ट्रिय परिषद् बैठकबाट बरालको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरिएको हो ।

निर्वाचित बराल यसअघिका केन्द्रीय महासचिव हुन् । ३३ सदस्यीय समितिमा ६ जनापछि मनोनित हुने छन् । परिषद्को बैठकले समाजको वरिष्ठ उपसभापतिमा कृष्ण रावल (पाल्पा), उपसभापति राजेन्द्र पौडेल (चितवन), महिला उपसभापति पुष्पा मल्ल (सुर्खेत) र महासचिवमा रेनुका पौडेल( काठमाण्डौं) लाई चयन गरेको छ ।

शान्ति समाज नवलपरासी शाखाको आतिथ्यतामा सम्पन्न बैठकबाट ७ जना प्रदेश सचिव र ४ जना समावेशी सचिव चयन गरेको छ । खुलातर्फको सचिवमा लक्ष्मी नारायण मिश्र (प्रदेश–१), अमरबहादुर गौतम(मधेश प्रदेश), चन्द्रमणि बञ्जरा (बाग्मती प्रदेश), सीताराम तिवारी(गण्डकी प्रदेश), सन्तोष अधिकारी क्षेत्री (लुम्बिनी प्रदेश), प्रकाश शारी (कर्णाली प्रदेश), भक्तबहादुर विक (सुदुरपश्चिम प्रदेश) चयन भएका छन् । समावेशी सचिवतर्फ रामप्रसाद जोशी (जनजाती), मिना ढकाल(महिला, निर्मल नेपाली (दलित) र सन्तोष रौनियार(मधेशी) चयन भएका छन् । कोषाध्यक्षमा किरण ढकाल चयन भएको शान्ति समाज जिल्ला शाखाका सचिव शिव पौडेलले जानकारी दिनुभयाे ।

त्यस्तै सदस्यहरुमा फूल माया सुनार, जानुकादेवि अधिकारी, मिरादेवी अधिकारी, नम्रता खरेल, ज्ञानेन्द्र निरौला, बिनोद अधिकारी, तुलसीराम सुनार, धनपती खनाल, देवराज भट्टराई र दिल्ली प्रसाद जैंशी चयन भएका छन् ।

परिषद् बैठकले देशमा नयाँ शासन व्यवस्था आएर तीन तहका सरकार बने पनि सुशासन कायम हुन नसकेको र मानवअधिकारसँगै लोकतन्त्र कमजोर अवस्थामै रहेको ठहर गरेको शान्ति समाजका जिल्ला सचिव पौडेलले जानकारी दिनुभयाे। शान्ति समाज मानवअधिकारकर्मी कृष्ण पहाडीले स्थापना गरेको संस्था हो ।