पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट ३६ जनाको शव निकालियो « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट ३६ जनाको शव निकालियो


273
Shares

काठमाडौँ । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार अहिलेसम्म ३६ जनाको शव दुर्घटनास्थलबाट निकालिएको छ ।

उहाँले शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताउनु भयाे।

खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । घटनाको थप विवरण आउन बाँकी रहेकाे छ ।