Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)


9.4k
Shares

पोखरा । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ ।

आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको हो।

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभएको छ ।

अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् । यद्यपि, घटनाको थप विवरण आउन बाँकी रहेकाे छ ।

काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ।