Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


पोखरा विमान दुर्घटना : ३० जनाको शव फेला, यसरी चल्दैछ उद्धार (तस्बीरहरू)


819
Shares

काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान आइतबार दुर्घटना हुँदा ३० जना यात्रुको मृत्यु भएकाे छ।

पोखरा एयरपोर्टमा अवतरण गर्नु अगावै पोखराको नयाँ गाउँमा विमान बिहान साढे ११ बजे दुर्घटना हुँदा ३० जना यात्रुको मृत्यु भएको हाे । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर आइतबार पोखराका लागि उडेको यतीको एएनसी एटीआर ७२ विमान पोखरामा दुर्घटना भएकाे हाे । अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् ।

यद्यपी, घटनाको थप विवरण आउन बाँकी रहेकाे छ ।