Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


‘सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था’


611
Shares

काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनु भएको छ ।

मुलुकको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढनुपर्ने पूर्वमन्त्री समेत रहनु भएका उपमहासचिव ज्ञवालीको तर्क थियो ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले मुलुकमा राजनीतिक स्थायित्वको नाममा राजनीतिक प्रणालीमा भने पुनर्विचार गरेर जाने अवस्था तत्कालका लागि नभएकोतर्फ पनि सचेत गराउनु भयो ।

उपमहासचिव ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि प्राज्ञिक बहसको माग समेत गर्नु भयो । नभए निर्वाचन अघिको गठबन्धन पनि नटिक्ने र पछिको गठबन्धन पनि टिकाउ नहुँदा मुलुक मारमा पर्ने उहाँले स्मरण गराउनु भयो ।

उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्वको लागि राजनीतिक विचारधारामा आधारित, उद्देश्यमा आधारित गठबन्धन बनाएर मुलुकको राजनीतिकलाई अघि बढाउनुको विकल्प नरहेको पनि पटकपटक दोहोर्‍याउनु भयो ।

उपमहासचिव ज्ञवालीले अहिलेको निर्वाचन प्रणाली र एलाईन्सहरु टिकाउ हुन नसक्नुको कारणबारे खोजी गर्न जरुरी रहेको बताउनु भयो ।

Skip This