कैलाशले पाए राप्रपा युवा मोर्चाको जिम्मेवारी « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


कैलाशले पाए राप्रपा युवा मोर्चाको जिम्मेवारी


208
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाको केन्द्रीय अध्यक्षमा कैलाश कट्वाल मनोनित हुनु भएको छ ।

उहाँलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक कार्यक्रमकाबीच मोर्चाको अध्यक्षमा मनोनित गरेको घोषणा गर्नुभयो । राप्रपा नेपालबाट राप्रपामा प्रवेश गर्नु भएका कट्वाल यस अघि राप्रपा नेपालको युवा संगठनकोसमेत केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो ।

युवा परिचालनमा दख्खल राख्ने कट्वाल युवा परिचालन र आन्दोलनको अग्र मोर्चामा देखिनुहुन्छ । युवा उद्यमी समेत रहेका कट्वालले राप्रपामा रहेर पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीतापूर्वक निर्वाह गर्ने बताउनुभयो । राजा आउ देश बचाउ हैन, जनता आउ राजा ल्याउ भन्ने धारणा राख्ने कट्वाल राजावादीका रुपमा चिनिनु हुन्छ ।