
काठमाडाैं । नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर सरकारलाई राम्ररी काम गर्न नदिने मनशाय राखेको बताउनुभएको छ ।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले काँग्रेसले वर्तमान सरकारलाई दिएको समर्थनप्रति आशंका व्यक्त गर्नुभएको हो । उहाँले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै काँग्रेसले सरकारलाई मत दिएर लोकतन्त्रको उपहास गरेको बताउनु भयो ।
उहाँले सरकारलाई राम्ररी काम गर्न नदिएर कुत्सित मनशायका साथ नेपाली काँग्रेसले जाल फिँजाएको पनि बताउनु भयो । सांसद श्रेष्ठले काँग्रेसले प्रतिपक्षी बेन्चमा बसेर पनि आफ्नो भुमिका निर्वाह गर्नसक्ने भएपनि त्यसो नगरेकोमा शंशय व्यक्त गर्नुभयो ।
उहाँले सरकारलाई अस्थिर बनाउने बारे नसोच्न काँग्रेसलाई आग्रह गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्दै अगाडी बढ्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्