
काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हस्तकला व्यवसाय पुस्तान्तरण भए पनि विस्तार हुन नसकेको बताउनुभएको छ ।
शुक्रवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष मल्लले हस्तकलाको विस्तारका लागि आवश्यक काम गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले सरकारले राष्ट्रिय नीति बनाएर युवाहरुलाई पार्ट टाइमका लागि काम ल्याउनुपर्ने बताउनु भयो ।
उहाँले हस्तकलाको विस्तारका लागि अनलाइन प्रक्रियालाई सहज बनाउँदै निर्यात वृद्धि गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष मल्लले नेपालमा उत्पादित हस्तकलाको प्रवद्र्धनका लागि छुट्टै एक्सपोर्ट हाउसको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
अध्यक्ष मल्लले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढे देशको जीडीपी ग्रोथ ७ प्रतिशतसम्म पुग्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्